पोखरामा एनएमबी बैंकको एटिएम तोडफोड गरेको आरोपमा राजकुमार प्रकाउ
पाेखरा | माघ १५, २०८०
पोखरा: पोखरामा एनएमबी बैंकको एटिमएम तोडफोड गरेको आरोपमा प्रहरीले राजकुमार भन्ने टिकाराम पौडेललाइ प्रकाउ गरेको छ । पोखरा–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम तोडफोड गरिरहेको अवस्थामा राजकुमारलाई प्रहरीले हिजो (सोमबार) प्रकाउ गरेको हो ।
पैसा चोरी उद्धेश्यले पोखरा महानगरपालिका–५ जिरोकिलोमिटरमा रहेको एनएमबी बैंकको एटिएम मेशिन तोडफोड गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनलाई प्रकाउ गरेको हो ।
कास्कीको माछापुच्छ«े गाउँपालिका–९ स्थायी घर भई पोखरा १७ विरौटा बस्दै भएका २७ वर्षीय राजकुमार भन्ने टिकाराम पौडेल एटिएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रकाउ परेका हुन् ।
प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयक कास्कीले जनाएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

